PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


'मिस नेवाः ११३८' का प्रतिस्पर्धिहरुले प्रस्तुत गरे प्रतिभा


पहिलोपोस्ट

'मिस नेवाः ११३८' का प्रतिस्पर्धिहरुले प्रस्तुत गरे प्रतिभा

काठमाडौं : काठमाडौंमा 'मिस नेवाः ११३८' का प्रतिस्पर्धिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। नेप्लीज फेसन होमको आयोजनामा सम्पन्न ट्यालेन्ट सो मा नेवार समुदायका १७ युवतीहरुले  आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।  

अधिकांशले नृत्य प्रस्तुत गरेका थिए। नेवारी पहिरन हाकु पटासीमा सजिएका युवतिहरुले नृत्यका लागि नेपाल भाषाका गीतहरु छनोट गरेका थिए। रिजु मानन्धर, बीना महर्जन, सृष्टि शाक्य, राधा श्रेष्ठ, निकिता शाक्य, प्रजिता श्रेष्ठ, सन्ध्या श्रेष्ठ, प्रज्ञा श्रेष्ठ, अनिशा तोयना, मतिना मानन्धर, प्रदिका महर्जन, उस्मि श्रेष्ठ तथा पस्मिना शाक्यले प्रतिभा प्रदर्शनका लागि नृत्य रोजेका थिए ।

त्यसैगरि प्रतिस्पर्धिहरु अञ्जु श्रेष्ठ, सरिसा श्रेष्ठ तथा मिलु श्रेष्ठले वक्तृत्व कलामार्फत आफ्ना भनाई व्यक्त गरेका थिए । सरिला मर्हजनले सोमा धिमे बाजा बजाएकी थिइन् ।

निर्णय श्रेष्ठ, समाजसेवी उज्जवल कृष्ण श्रेष्ठ, पूर्व मिस नेवाद्वय योगिता महर्जन, इप्सु श्रेष्ठ, नेपाल टेलिकमकी व्यवस्थापक रीना डंगोल, नेपाः डान्स एकेडेमीकी संयोजक रीना महर्जन, उद्योगी प्रदीपमान प्रधान, क्यान्सर एसोसिएसनका अध्यक्ष अजय सिंह सुवाल तथा डा.विमला शाक्य सोमा निर्णायक थिए।

आयोजक टिमकी हेमा मानन्धरले विगत १३ वर्षदेखि मिस नेवाः प्रतियोगिता आयोजना गर्दै आइरहको जनार्इन्। उनले जेठ १२ मा मिस नेवाः को निर्णायक प्रतियोगिता सम्पन्न हुने पनि बताइन्।

 

 



'मिस नेवाः ११३८' का प्रतिस्पर्धिहरुले प्रस्तुत गरे प्रतिभा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट