PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुजीव अर्को पुस्तक 'अर्थात अर्थतन्त्र'को विमोचन



पहिलोपोस्ट

सुजीव अर्को पुस्तक 'अर्थात अर्थतन्त्र'को विमोचन

काठमाडौं : सुजीव शाक्यको पुस्तक 'अर्थात अर्थतन्त्र'को विमोचन भएको छ। पब्लिकेशन्स नेपालय प्रकाशनद्वारा प्रकाशित पुस्तकलाई उनले शनिबार विमोचन गरेका हुन्।

पुस्तकबारे बोल्दै उनले भने 'हाम्रा सबै कुराकानी जताबाट घुमेर गए पनि अन्तिममा टुंगिने त उही अर्थतन्त्रमै हो, त्यसैले यसको नाम  'अर्थात अर्थतन्त्र' राखेको हुँ ।'

कार्यक्रममा उनले आर्थिक क्षेत्रको विसंगतिका विषयमा बोलेका थिए। सुजीव अर्थशास्त्रको विद्यार्थी हुन्। सुजीवले यसअघि अंग्रेजीमा लेखेको 'अनलिसिङ नेपाल' पाठकमाझ ल्याएका थिए। पुस्तकको विषयमा कार्यक्रममा सुजीवसँग अन्तरक्रिया पनि भएको थियो।

आख्यान, गैरआख्यान र दैनिक उपयोगीताका विविध विधाका पुस्तकहरु पाठकसामु प्रस्तुत गर्दैआएको पब्लिकेशन्स नेपालयले आर्थिक मामलामा पहिलोपटक यस पुस्तकलाई पाठक समक्ष ल्याएको हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell