PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभियो: निक्षेप ५७ अर्ब, शाखा ९१



पहिलोपोस्ट

टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभियो: निक्षेप ५७ अर्ब, शाखा ९१

काठमाडौं : आईतबार एक कार्यक्रमका बीच टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिई मेघा बैंक नेपालको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दुवै बैंकको एकीकृत कारोबार शुरु गरे। दुई बैंक गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड पुगेको छ। 

त्यसैगरी बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैंयाँ पुगेको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले जानकारी दिए। गाभिनुअघि मेघा बैंकको चुक्ता पूँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब १ करोड रहेको थियो।

गाभिएपछि बैंकको शाखा कार्यालय ९१ वटा पुगेका छन्। प्रमुख कार्यकारी अधिकृत खुन्जेलीले बैंकले सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell