PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


कांग्रेसमा एकता भए वाम गठबन्धन पनि डराउनेछन् : शशांक कोइराला


पहिलोपोस्ट

कांग्रेसमा एकता भए वाम गठबन्धन पनि डराउनेछन् : शशांक कोइराला
फाइल फोटो

चितवन: नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताएका छन्। 

नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा कोइरालाले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताए। “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ”–उनले प्रश्न गरे, “अब के यसरी पार्टी चल्न सक्छ ?” क्रियाशील सदस्यहरुको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनःविचार गर्ने उनको भनाइ थियो। 

अहिलेको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै कोइरालाले थपे, “अब क्रियाशील सदस्यहरुको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ र त्यसको तयारी भइरहेको छ।” पार्टीले क्रियाशील सदस्यहरुको जानकारी राख्ने र उनीहरुको योगदानअनुसारको जिम्मेवारी दिने गरी अगाडि बढ्ने उनको भनाई थियो। 

अबको समयमा काँग्रेसमा एकता हुनु जरुरी रहेको महामन्त्री कोइरालाको भनाइ थियो। काँग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउने बताउँदै कोइरालाले काँग्रेसभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको बताए।

कार्यक्रममा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष दानबहादुर गुरुङलगायतले धारणा राखेका थिए। सो अवसरमा विभिन्न विद्यालयका प्रध्यानाध्यापक, दीर्घसेवी शिक्षकहरुलाई सम्मान गरिएको थियो। रासस
 



कांग्रेसमा एकता भए वाम गठबन्धन पनि डराउनेछन् : शशांक कोइराला को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट