PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

'बेबी आइ लभ यु'लाई पिजी सर्टिफिकेट


पहिलोपोस्ट /पहिलोपोस्ट

 'बेबी आइ लभ यु'लाई पिजी सर्टिफिकेट

काठमाडौं : जेठ १८ मा प्रदर्शन हुने फिल्म 'बेबी आइ लभ यु'लाई सेन्सरबोर्डले पिजी सर्टिफिकेट दिएको छ। अब १६ वर्ष उमेर मुनीका दर्शकले अभिभावकको साथमा यो फिल्म हेर्न पाउने भएको हो।

फिल्ममा समावेश केही लागु औषधका दृश्यका कारण सेन्सरले पिजी प्रमाण पत्र दिएको निर्माता शिव न्यौपानेले बताए। जनक पाण्डे निर्देशित फिल्ममा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेकोछ।

फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको मुख्य अभिनय छ।



'बेबी आइ लभ यु'लाई पिजी सर्टिफिकेट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट