PahiloPost

Jan 21, 2019 | ७ माघ २०७५


प्रदेश सांसद लामिछानेको निधन


प्रदेश सांसद लामिछानेको निधन

काठमाडौं: प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको काठमाडौंस्थित मेडिकल कलेज, सिनामंगलमा उपचारको क्रममा निधन भएको छ। 

मस्तिष्कघात भएपछि आइतबार दिउँसो अस्पताल भर्ना भएका ४९ वर्षीय लामिछाने आज निधन भएको सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जानकारी दिए। 

लामिछाने भक्तपुर क्षेत्र नं १ (ख)बाट एमालेका तर्फबाट विजयी भएका थिए। उनको शव अस्पतालबाट निकाल्ने तयारी भइरहेको बस्नेतले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओली बिहान लामिछानेको स्वास्थ्य अवस्था जानकारी लिन अस्पताल पुगेका थिए।

लामिछानेलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि ४:३० बजेसम्म पशुपति आर्यघाटमा राखिने छ।



प्रदेश सांसद लामिछानेको निधन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट