PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

राष्ट्रपति भण्डारीलाई 'ब्रिफकेस गन' को सुरक्षा, दौरासुरुवाल लगाएका सुरक्षाकर्मीले बोक्छन् 'गोप्य हतियार'

राष्ट्रपति भण्डारीलाई 'ब्रिफकेस गन' को सुरक्षा, दौरासुरुवाल लगाएका सुरक्षाकर्मीले बोक्छन् 'गोप्य हतियार'


काठमाडौँ : आइतबार भोटोजात्राका अवसरमा राष्ट्रप्रमुख उपस्थित हुने चलनअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी जाउलाखेल पुगिन्। उनको सुरक्षामा वर्दीधारी सुरक्षाकर्मीबाहेक दौरासुरुवाल, कालो टोपी लगाएका सुरक्षाकर्मी पनि साथमा थिए। 

राष्ट्रपतिले राष्ट्रिय गानको धूनसहितको सलामी स्वीकार गरिन्, जीवित देवी कुमारीको दर्शन गरिन् र भोटो हेर्नका लागि आफूलाई बनाइएको विशेष स्थानमा बसिन्। सेनाको वर्दीधारी र दौरासुरुवाल लगाएका सुरक्षाकर्मी उनको साथमै थिए। दौरासुरुवाल लगाएकै एक सुरक्षाकर्मीको एक हातमा सञ्चार सेट र  अर्को हातमा ब्रिफकेस देखिन्थ्यो। 

यो ब्रिफकेस सामान्य भने हैन। हाम्रो क्यामेरामा कैद भएको ब्रिफकेस खासमा 'ब्रिफकेस गन' रहेको खुलेको छ। ब्रिफकेसभित्र गन लुकाइएको हुन्छ। यो गनको गोली निस्कने नाल ब्रिफकेसको प्वाल बनाइएको हुन्छ। ब्रिफकेसको ह्यान्डलमा रहेको बटन थिचेपछि गनबाट गोली निस्कन्छ। 

सुरक्षा स्रोतका अनुसार नेपाली सेनाले केही वर्षअघिदेखि नै भिभिआइपीको सुरक्षाका लागि यस्तो हतियार बोक्न थालेको हो। 


ब्रिफकेसभित्र यसरी लुकेको हुन्छ हतियार : H&K MP5K मोडलको ब्रिफकेस गन। 

यसरी चल्छ ब्रिफकेस गनबाट गोली। हेर्नुस् भिडियो-



 


ट्रेन्डिङ पोस्ट

Ncell