PahiloPost

May 20, 2018 | ६ जेठ २०७५

मनसुनी गतिविधि सक्रिय : अझै दुई दिन वर्षा जारी रहने


मनसुनी गतिविधि सक्रिय : अझै दुई दिन वर्षा जारी रहने
काठमाडौं: मनसुनी गतिविधि सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण आज देशैभर बदली र वर्षा भएको छ। 

पूर्व मनसुन (प्रि–मनसुन) गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। 

उनका अनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा प्रवेश गरेको बंगालको खाडीको जलवाष्पयुक्त हावा र पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभावले समग्र भू–भागमा असर पुगेको छ। जसका कारण गएरातिदेखि आज दिउँसोसम्म बदली र वर्षा भएको हो।

अहिले वर्षा रोकिए पनि मध्य र पूर्वी भेगमा बदली रहेको तथा आज राति र भोलि मंगलबार खासगरी पहाडी भेगमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ। 

रातिदेखि शुरु भएको मौसमी प्रणाली बुधबारबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी नेपालगञ्जमा ३९, वीरेन्द्रनगरमा ३७, दाङमा ३५, सिमरामा ३२, पोखरामा ३५ मिलिमिटर वर्षा भएको छ। 

यस्तै, विराटनगरमा २२, ओखलढुंगामा २० र सबैभन्दा कम दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ। आज काठमाडौँको न्यूनतम १५ र अधिकतम तापक्रम २६ डिग्रिसेल्सियस रहेको छ। रासस


मनसुनी गतिविधि सक्रिय : अझै दुई दिन वर्षा जारी रहने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट