PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


स्पोर्ट्स अवार्डका लागि यी हुन् मनोनित खेलाडीहरु


पहिलोपोस्ट

स्पोर्ट्स अवार्डका लागि यी हुन् मनोनित खेलाडीहरु

काठमाडौं : खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४’ का लागि चार विधामा मनोनित खेलाडीको नाम सार्वजनिक गरेको छ।  

खेलकुदबाट देशको नाम चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको मञ्चले लाइफटाइम अचिभमेन्ट, पारा एथलिट र स्पेसल अवार्डको घोषणा भने अवार्ड प्रदान गरिने दिन नै गर्नेछ। यसअघि नै पिपुल्स च्वाइस विधाको मनोनयन मञ्चले सार्वजनिक गरिसकेको छ। 

आज सार्वजनिक गरिएको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, व्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की परेका छन्। महिलातर्फ भने वर्षको उत्कृष्ट खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमल श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबुलटेनिसकी नविता श्रेष्ठ मनोनयनमा परेका छन्।

युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयनमा परेका छन्।

वर्षको उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापा मगर मनोनयनमा परेका छन्। 

यीमध्ये विजेताले गतवर्षसम्म पल्सर मोटरसाइकल पाउँदै आएका थिए। यसपाला मोटरसाइकलसँगै जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्परसमेत पाउने मञ्चले जनाएको छ। 

अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ। कम्पनी नेपालमा बजाज कम्पनीका मोटरसाइलकको आधिकारिक बिक्रेता पनि हो।    



स्पोर्ट्स अवार्डका लागि यी हुन् मनोनित खेलाडीहरु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट