PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


पर्यटनमन्त्रीको उपस्थितिमा क्षमापूजासँगै काष्‍ठमण्डप पुननिर्माण सुरु, १९ करोडको लागत, तीन वर्षको लक्ष्य


पर्यटनमन्त्रीको उपस्थितिमा क्षमापूजासँगै काष्‍ठमण्डप पुननिर्माण सुरु, १९ करोडको लागत, तीन वर्षको लक्ष्य

काठमाडौँ : देशको राजधानी काठमाडौंको नाम राख्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डपको पुनर्निर्माणको काम सुरु भएको छ । .

स्थानीय जनताको सहभागितामा सोमबारबाट काष्ठमण्डप पुनर्निर्माणको काम सुरु गरिएको हो। सोमबार विहान संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा क्षमा पुजा गरेपछि २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माणको कामले औपचारिकता पाएको हो।

त्यस अवसरमा मन्त्री अधिकारीले स्थानीय स्तरबाट बन्ने भएकाले काष्ठमण्डपको पुनर्निर्माण सबैभन्दा राम्रो हुने विश्वास समेत व्यक्त गरे। उनले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउनु अघि नै काठमाडौंका सबै सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना पनि अघि सारे।

काठमाडौं महानगरपालिकाको निगरानीमा काष्ठमण्डप निर्माणको जिम्मेवारी स्थानीयलाई दिइएको छ। यसको निर्माणका लागि आर्थिक सहयोग जुटाउन स्थानीय समितिहरुको समेत निर्माण गरिएको छ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनर्निर्माणका लागि करिव १९ करोड लाग्ने अनुमान गरिएको छ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्मोहन जोशीले काष्ठमण्डप पुरानै शैलीमा बन्ने विश्वास व्यक्त गरे। सरकारले धरहरा पुनर्निर्माणका लागि पनि सोमबार बोलपत्र आह्वान गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले धरहरा पुननिर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको हो।

त्यसैगरी रानीपोखरी पुनर्निर्माणको काम यही जेष्ठ १५ गतेबाट सुरु गर्ने तयारी गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएको काठमाडौंका सम्पदाहरुको पुनर्निर्माणको कामलाई सरकारले अव तीव्र गतिमा अघि बढाउन सुरु गरेको हो।



पर्यटनमन्त्रीको उपस्थितिमा क्षमापूजासँगै काष्‍ठमण्डप पुननिर्माण सुरु, १९ करोडको लागत, तीन वर्षको लक्ष्य को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट