PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


पाँच दिनपछि भेटियो ट्याक्सीमा हराएको छ लाख रुपैयाँ


पाँच दिनपछि भेटियो ट्याक्सीमा हराएको छ लाख रुपैयाँ

काठमाडौँ : गत वैशाख २६ गते बुधबार बारा सिमराका ६७ वर्षीय नारायणप्रसाद पाठकले छोरा रमेश प्रसाद पाठकको काठमाडौं कमलादीमा संचालन गरेको पसलका लागि ७ लाख ५५ हजार रकम बोकेका थिए। 

तर ट्याक्सी चढेका उनले झर्दा पैसाको झोला भने टयाक्सीमा मै बिर्सिए।

पाँच दिनपछि उनले प्रहरीको सहयोगमा ६ लाख रुपैयाँ फिर्ता पाएका छन्। यात्रुले बिर्सिएको ७ लाख ५५ हजार लिएर फरार टयाक्सी चालक अन्ततः प्रहरीको फन्दामा परे। तर उनले १ लाख ५५ हजार रुपैयाँ भने आफूखुसी खर्च गरिसकेका रहेछन्। 

नवलपरासी कावासोती घर भई हाल काठमाडौं हाँडीगाउँ बस्दै आएका बा १ ज ३६६५ नम्बरको भाँडाको टयाक्सी चलाउने २९ वर्षीय अशोक थापालाई प्रहरीले ६ लाख नगदसहित पक्राउ गरेको हो।

टयाक्सी चालकलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीले नियन्त्रणमा लिई सो पैसा मध्ये ६ लाखसमेत बरामद गरेको हो । सीसी टिभी फुटेजका माध्यामबाट सो रकम टयाक्सी चालकले नै लिएको पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सो रकम सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्बन्धित धनी पाठकलाई फिर्ता दिइएको हो। थापाले १ लाख ५५ हजार भने हिनामिना गरेकाले उनलाई सार्वजनिक अपराध मुद्दा चलाएर आवश्यक कार्वाही प्रक्रिया सुरु गरिएको पनि महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

 



पाँच दिनपछि भेटियो ट्याक्सीमा हराएको छ लाख रुपैयाँ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट