PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

सुन तस्करीको लहरोले तान्यो हुन्डी कारोबारीलाई


सुन तस्करीको लहरोले तान्यो हुन्डी कारोबारीलाई

काठमाडौँ : ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणपछि संगठित अपराध ऐन अनुसार गठन भएको विशेष अनुसन्धान टोलीको निर्देशनमा दुई हुन्डी कारोबारी पक्राउ परेका छन्। 

काठमाडौँका मुक्तिराम श्रेष्ठ र झापाको दमकमा सिद्धिकाली मनी ट्रान्सफर सञ्चालक विनोद अधिकारीलाई सोमबार काठमाडौँबाट पक्राउ गरी विराटनगर पठाइएको हो। 

यी दुईलाई हाल जारी मुद्दामा प्रतिवादी भने बनाइएको थिएन। 

सहसचिव ईश्वरप्रसाद पौडेल संयोजक रहेको विशेष अनुसन्धान टोलीले चुडामणि उप्रेती 'गोरे' सित आर्थिक कारोबार रहेको देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो।   

उनीहरुलाई अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गरिएको छ। 
 



सुन तस्करीको लहरोले तान्यो हुन्डी कारोबारीलाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट