PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गाजा क्षेत्रमा झडप हुँदा ५५ जना प्यालेस्टिनी मारिए



पहिलोपोस्ट

गाजा क्षेत्रमा झडप हुँदा ५५ जना प्यालेस्टिनी मारिए
गाजा क्षेत्रमा इजरालयलले लगाएको तार निकाल्दै एक प्यालेस्टिनी नागरिक। Photo: EPA

गाजाः प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ५५ जना प्यालेस्टानीको मृत्यु भएको छ । 

अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेपका विरुद्ध प्यालेस्टिनीहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रदर्शनकारी र इजरायली सेनाबीच झडपमा भएको थियो। झडपमा परी ५५ जना प्रदर्शनकारीको मृत्यु भएको बीबीसीले जनाएको छ। 

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले कम्तीमा ५५ जना प्यालेष्टिनीप्रदर्शनकारी मारिएको र सयौँको सङ्ख्यामा प्रदर्शनकारी घाइते भएको जनाएका छन्।

घाइते मध्ये २५० जनालाई इजरायली सुरक्षाकर्मीले प्रहार गरेको गोली नै लागेको उनले जानकारी दिए। झडपमा परी दुई हजार ७०० जना भन्दा बढी घाइते भएका छन्। 

प्यालेष्टिनी प्रदर्शनकारीहरुले आवेगमा सिमाना छुट्याउनका लागि लगाइएको काँडेतार काटेर फालिदिएका छन्। गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीहरुको एउटा ठूलो समूहले सोमबार पनि प्रदर्शन गरेको हो। 

इजरायली अधिकारीका अनुसार सीमा क्षेत्रमा निर्माण गरिएका सुरक्षा किल्लामा ४० हजार बढिले हिंसात्मक प्रदर्शन गरिरहेका छन्।

सोमबार गाजा क्षेत्रमा प्यालेष्टिनी नागरिकको प्रदर्शनका क्रममा इजरायलसँगको भडपमा परी प्यालेष्टिनीको मृत्यु भएपछि थप क्षति हुन नदिन संयमता अपनाउन यूरोपेली यूनियनका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायल तथा प्यालेष्टिनी पक्षसँग आग्रह गरेका छन्। 

इजरायल र प्यालेष्टिनीहरूबीच अत्यधिक तनावमा देखिँदै आएको गाजा तथा पूर्वी जेरूसेलममा सम्बन्धित पक्षले संयम नअपनाउने हो भने यसबाट बर्णन गर्न नसकिने प्रकारको थप पीडा भोग्न बाध्य हुने र यसले शान्ति र सुरक्षाको स्थिति थप जटील मोडमा जाने वब्तव्यमा मोघेरिनीले बताएका छन्। 

सोमबार अमेरिकाले जेरूसेलमलाई मान्यता दिँदै आफ्नो राजदूताबासलाई जेरूसेलममा स्थापना गर्ने तयारी भइरहँदा अमेरिकासमेतको विरोधमा भएको प्रदर्शन भएको थियो। 

यसैबीच अमेरिकाले प्यालेष्टिनीको ब्यापक विरोधका बाबजुद पनि आफ्नो राजदूताबासलाई तेल अभिभबाट जेरूसेलममा स्थापना गर्ने योजना मुताविक नै राजदूतावासलाई सारेको घोषणा गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell