PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौंको धुलो टिप्न ब्रुमर ल्याउने महानगरको तयारी



रासस

काठमाडौंको धुलो टिप्न ब्रुमर ल्याउने महानगरको तयारी
प्रतीकात्मक फोटो : indiamart.com

काठमाडौँ : धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ।  

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न  उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए। 

उनले भने, ‘गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लागि बोलपत्र आह्वान गरिएको थियो, त्यसका लागि सात वटा कम्पनीले बोलपत्र गराएका र बोलपत्र छनोटका लागि रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ। कामपाले रु १२ करोड मूल्य बराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको छ।‘ 

हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ।  कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ। 
    
अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलो व्यवस्थापन गरिएको हो।    

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell