PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


बजेटका विषयमा २ नम्बरका संघीय सांसदहरुको प्रधानमन्त्रीकहाँ डेलिगेसन


पहिलोपोस्ट

बजेटका विषयमा २ नम्बरका संघीय सांसदहरुको प्रधानमन्त्रीकहाँ डेलिगेसन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट प्रदेश २ लाई सम्वृद्ध बनाउने आश्वासन दिएका छन्।

प्रदेश २ का संघीय सांसदहरुको टोलीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले मंगलबार प्रदेश २ को विकासमा आफु सहयोगी बन्ने बताए।

जेठ १५ गते संसदमा पेस हुन लागेको बजेटका सन्दर्भमा ध्यानाकर्षण गराउन प्रदेश २ का सांसदहरुले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।

सांसदहरुले मुख्य रुपमा तीन वटा विषयलाई प्रधानमन्त्री समक्ष उठाएका थिए। प्रदेश २ लाई सम्बृद्ध बनाउन कृषि, औद्योगिक र रोजगारीका क्षेत्रमा सरकारले बजेट विनियोजन गर्नुपर्ने माग सांसदहरुले गरेका थिए।

प्रदेश २ लाई विशेष औद्योगिक करिडोर बनाउनका लागि बजेटमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको एमालेका सांसद लीलानाथ श्रेष्ठले पहिलोपोस्टलाई बताए।

श्रेष्ठका अनुसार तराई मधेशलाई अन्नको भण्डार बनाउन कृषि क्षेत्रको प्रवर्द्धनका लागि सिंचाई योजना अगाडि बढाउन माग गरिएको छ। सुनकोसी कमला डाइभर्सन र सुनकोसी मरिन वाग्मती डाइभर्सन निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उनले बताए।

यसैगरी छलफलमा सहभागी माओवादी सांसद इन्दु शर्माले मधेशको औधोगिक क्षेत्रको विकासका लागि छलफल भएको बताए।

उनले मधेश पिछडिएकाले त्यस क्षेत्रका पुराना उद्योगलाई पुनः संचालन तथा नयाँ उद्योग स्थापनाका लागि पहल गर्न प्रधानन्त्रीलाई आग्रह गरेको बताइन्।

प्रदेश २ का संघीय सांसदहरुको टोलीले यसअघि अर्थमन्त्री युवराज खतिवडालाई भेटेर प्रदेश २ को विकासमा ध्यानाकर्षण गराएका थिए। बजेटमा मधेशका योजनाहरु समावेश गर्न आग्रह गरेका थिए।

आज उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।



बजेटका विषयमा २ नम्बरका संघीय सांसदहरुको प्रधानमन्त्रीकहाँ डेलिगेसन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट