PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपालका धामको ‘आशीर्वाद’ मोदीलाई : सरकार गठनमा भने असफल



पहिलोपोस्ट

नेपालका धामको ‘आशीर्वाद’ मोदीलाई : सरकार गठनमा भने असफल
पशुपतिनाथमा मोदी

काठमाडौं : भारतको कर्नाटक राज्यमा निर्वाचनको अघिल्लो दिन भारतीय प्रधानमन्त्री चुनावी प्रचारको भित्र उद्देश्य लिएर नेपाल भ्रमणमा आए। नेपालका धामहरुमा पुगेर हिन्दु समुदायको मत तान्न जनकपुरधामक, मुक्तिनाथ र पशुपतिनाथमा पूजा गरे। जनकपुरमा आयोजित अभिनन्दन समारोहमा मोदीले भारतीय प्रान्तमा हुने कुनै चुनावी सभालाई जस्तै सम्बोधन गरे। 

यस अगाडि नै मोदीको नेपाल भ्रमणलाई चुनावी प्रचारको रुपमा उनको आलोचना भएको थियो। उनले नेपालमा आएर आफ्नो विकासका नारालाई अगाडि सारेका थिए। उनले नेपालमा तीर्थाटन गर्दैगर्दा भारतमा भाजपाका उम्मेदवारहरु समेत हिन्दु मतदाताको मत तान्नका लागि मन्दिरमा पूजा गर्न पुगेका थिए।
 
१२ मे मा कर्नाटकमा भएको निर्वाचनमा जनमत भाजपातिर गएको छ। मोदीकै भनाई मान्ने हो भने पनि ‘जानकी माता’, ‘मुक्तिनाथ’ र ‘पशुपतिनाथ’ले मोदीलाई र उनको पार्टी भाजपालाई आशीर्वाद दिएका छन्। भाजपालाई सरकार निर्माण गर्न भने जनमतले चुकाइदिएको छ। 

भाजपा कर्नाटकमा सबैभन्दा ठूलो पार्टी बने पनि सरकार गठन गर्न भने बहुमत पुग्न सकेको छैन्। यो सामग्री तयार पार्दासम्म भाजपाको पक्षमा १०४ सिट हात लागेको छ। मे १२ गते भएको २२२ निर्वाचन भएको थियो। कुल २२४ क्षेत्र मध्ये २ वटा क्षेत्रमा मतदान स्थगित भएको छ।
 
यहाँको कुल सदर मतमध्ये भाजपाको पक्षमा ३८ प्रतिशत मत रहेको छ भने कांग्रेसको पक्षमा ३७ प्रतिशत मत प्राप्त भएको छ। प्रतिशतमा एक प्रतिशतको तलमाथि भए पनि कांग्रेसको पक्षमा ७८ सिट मात्र रहेको छ। त्यस्तै जेडिएसको पक्षमा ३८ सिट छ भने अन्यको पक्षमा २ सिट छ। 
सरकार निर्माणका लागि ११३ सिट आवश्यक छ। भाजपालाई सरकार निमार्ण गर्नका लागि सात सिट कम छ। भने कांग्रेस र जेडिएस मिलेमा ११६ सिट प्राप्त हुन्छ। दुई सिट जितेका अन्य उम्मेदवारले समेत कांग्रेसलाई समर्थन गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

मत गणनाको प्रारम्भिक नतिजा भाजपाको पक्षमा बहुमत देखाए पनि अन्तिम तिर आइपुग्दा भाजपा बहुमतबाट पछि परेको छ। यस्तोमा कांग्रेस सरकार निर्माणका लागि निःशर्त जेडिएसलाई सहयोग गर्ने बताएको छ। 

त्यसका लागि कांग्रेसका नेताहरु कर्नाटकमा पुगेर सरकार गठनको गृहकार्यसमेत थालेका छन्। 

नतिजा सार्वजनिक हुदै गर्दा भाजपा कार्यालयमा देखिएको खुसियाली कम हुँदै गएको छ भने कांग्रेस कार्यालयमा खुसीको माहोल सार्वजनिक भएको छ। 

किङ मेकर जेडिएस

यहाँ अन्तिम मतपरिणाम आइनपुग्दै जेडिएस किङ मेकरको रुपमा उभिएको छ। कांग्रेसले भाजपालाई सरकार निर्माणबाट रोक्नका लागि जेडिएससामु मुख्यमन्त्रीको ‘कार्ड’ फालेको छ। 

कांग्रेसले मुख्यमन्त्रीमा सिद्धारमैयालाई अगाडि सारेको थियो। सिद्धारमैयालाई मुख्यमन्त्री बनाउने भन्दै चुनाव लडेको कांग्रेसले मुख्यमन्त्री दलित समुदायलाई छाड्ने बताउँदै आएको छ। 

पूर्व मुख्यमन्त्रीसमेत रहेका उनको पक्षमा जेडिएस आउने अवस्था छैन। जेडिएस सिद्धारमैया र कांग्रेसको विरोधमा चुनावी अभियानमा होमिएको थियो। यस्तोमा कांग्रेसले जेडिएसको रोजाइमा आफ्ना नेतालाई मुख्यमन्त्री बनाउने प्रस्ताव राख्ने देखिन्छ। त्यसभन्दा अगाडि नै मुख्यमन्त्रीका उम्मेदवार रहेका सिद्धारमैयाले सोमबार नै मुख्यमन्त्रीमा दलित नेतालाई अगाडि सार्ने घोषणा गरेका थिए।
 
त्यस्तो अवस्थामा नआए जेडिएसलाई कांग्रेसले विनासर्त मुख्यमन्त्रीको प्रस्ताव समेत राखेको छ। जेडिएसका कुमारश्वामी मुख्यमन्त्री बन्ने प्रवल सम्भावना रहेको आजतकले जनाएको छ। 

यस्तो अवस्थामा पनि कांग्रेसको रणनीतिक जित हुनेछ। उसको रणनीति सरकार निर्माणमा भाजपालाई रोक्नु हो। त्यस रणनीतिमा कांग्रेस सफल हुने देखिन्छ। जेडिएसलाई मुख्यमन्त्री दिए पनि उप मुख्यमन्त्रीसहित अधिकांश मन्त्री कांग्रेसको साथमा हुनेछन्। 

३४ सदस्यीय क्याविनेटमा २० सदस्य कांग्रेसले राखेर अन्य जेडियुलाई दिने गरी चर्चा समेत सुरु भएको छ। कांग्रेससामु जेडिएसको समर्थनमा सरकार गठन गर्ने विकल्प हुँदाहुँदै पनि उ दोस्रो विकल्पमा अगाडि बढेको छ। 

कांग्रेस नेता गुलाम नवी आजाद र अशोक गहलोत सोमबार नै बैंलुर पुगेका छन्। त्यस्तै कांग्रेसका नेताहरुले जेडिएसका प्रमुख तथा पूर्वप्रधानमन्त्री एचडी देवगौँडासँग सरकार गठनका विषयमा छलफल गरिरहेका छन्। 

कांग्रेसको रणनीति जेडिएसलाई भाजपालाई समर्थन गर्नबाट रोक्ने देखिन्छ। त्यसैले पनि उसले जेडिएसलाई मुख्यमन्त्रीको कार्ड फालेको छ।
दक्षिण भारतमा पाएको यो सफलताले अर्को वर्ष हुने आम निर्वाचनमा समेत भाजपाको उपस्थिति बलियो देखाउने छ। सन् २०१३ मा बीएस येदियुरप्पाले भाजपाबाट अलग भएर नयाँ पार्टी बनाएका थिए। 

तर, चुनाव अगाडि उनी भाजपामा फर्किएर चुनाव लडेका थिए। उनलाई भाजपाले मुख्यमन्त्रीको रुपमा अगाडि सारेको थियो। येदियुरप्पाले चुनावी परिणामको बाहिरिएसँगै सरकार बनाउन दाबी पेश गर्ने बताएका छन्। 
 

जेडिएसले दियो सरकार गठनको दाबी

यसैबीच जेडिएसले सरकार गठनका लागि राज्यपालसमक्ष दाबी पेश गरेको छ। उसले राज्यपालसँग भेटको लागि समय माग गरेको छ। जेडिएसका प्रमुख तथा पूर्वप्रधानमन्त्री एचडी देवगौँडा कांग्रेस नेता गुलाम नवी आजाद र अशोक गहलोतसँग छलफल गरी राज्यपाललाई पत्राचार गरिसकेका छन्। 

कांग्रेसले समेत राज्यपालसमक्ष पत्र पठाएर सरकार गठनका लागि जेडिएसलाई समर्थन गरेको जानकारी गराएको छ। उसले विनासर्त जेडिएसलाई राज्यसरकार गठन गर्न समर्थन दिएको जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell