PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


आइपीएल : राजस्थानलाई हराउँदै कोलकता प्लेअफ नजिक, कुलदीपको ४ विकेट


पहिलोपोस्ट

आइपीएल : राजस्थानलाई हराउँदै कोलकता प्लेअफ नजिक, कुलदीपको ४ विकेट

राजस्थान रोएल्सलाई ६ विकेटले पराजित गर्दै कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफ नजिक पुगेको छ।

मंगलबार भएको खेलमा राजस्थानले दिएको १४३ रनको लक्ष्य कोलकताले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

जितपछि १३ खेलबाट १४ अंकका साथ कोलकता अंक तालिकामा तेस्रो स्थानमा छ। अब अन्तिम खेलमा कोलकताले सनराइजर्स हैदरावादसँग खेल्दैछ। उक्त खेलमा विजयी भए कोलकता सिधै प्लेअफ पुग्नेछ। पराजित भएङ्को खण्डमा भने अन्य खेलको नतिजा कुर्नुपर्नेछ। यस्तै १३ खेलबाट १२ अंक रहेको राजस्थानको पनि प्लेअफ यात्रा अझै सकिएको छैन। राजस्थान चौथो स्थानमा छ। १२ खेलबाट १२ अंक नै रहेको पञ्जाव पाँचौ स्थानमा छ।

कोलकताको जितमा क्रिस लिनले सर्वाधिक ४५ रन बनाए भने कप्तान दिनेश कार्तिकले नटआउट ४१ रन जोडे। त्यसअघि सुनिल नारिनले गतिलो सुरुवात दिलाउने क्रममा सुरुको ५ बलमा २ चौकार २ छक्का प्रहार गर्दै ६ बलमा २१ रन जोडे। नितिश रानाले १७ बलमा २१ रन बनाए भने आन्द्रे रसेलले ५ बलमा नटबउट ११ रन जोडे।

बलिङमा राजस्थानका बेन स्टोकले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चर ३ विकेट लिए।

त्यसअघि एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले आक्रमक सुरुवात गरे पनि त्यसलाई कायम राख्न नसक्दा १९ ओभरमा १४२ रनमा अलआउट भयो। राजस्थानले ४.५ ओभरका कुनै विकेट नगुमाई ६३ रन जोडेका थिए। तर रसेलले राहुल त्रिपाठीलाई आउट गरेपछि राजस्थानको निरन्तर विकेट झर्‍यो।

राजस्थानका लागि ओपनर जोस बटलरले २२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए। त्रिपाटीले १५ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे। बलर जयदेव उनादकाटले २६ रन योगदान गरे।  

राजस्थानलाई अलआउट गर्न बलिङतर्फ कोलकताका कुलदीप यादवले ४ तथा आन्द्रे रसेल र एम प्रसिद कृष्णले २-२ विकेट लिए।

कुलदीपले ४ ओभरमा २० रन मात्र खर्भेर ४ विकेट लिएका हुन्। ३ ओभर बलिङ गरेका रसेलले १३ रन मात्र खर्चेर २ विकेट लिए।



आइपीएल : राजस्थानलाई हराउँदै कोलकता प्लेअफ नजिक, कुलदीपको ४ विकेट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट