PahiloPost

Nov 14, 2018 | २८ कात्तिक २०७५


वृद्धा बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा


पहिलोपोस्ट

वृद्धा बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा

फलेवासः अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारका आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन्।

पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन्। न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ।

परियारलाई वैशाख ६ गते मोदी गाउँपालिका–३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा ७९ वर्षीया अपांग वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि प्रहरीले जबर्जस्ती करणी अन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

गत वैशाख ६ गते दिउँसो ४ बजेको समयमा रक्सी सेवन गरेका परियारले घरमा कोही नभएको समयमा वृद्धालाई बलात्कार गरेपछि पीडितले आफन्तलाई जानकारी दिएकी थिइन्। बलात्कार अभियोगमा पक्राउ परेका परियारले आफूले मदिराको नशामा रहेको समयमा बलात्कार गरेको प्रहरीसँग स्वीकार गरेका थिए। रासस



वृद्धा बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट