PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५


दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज, चालक दलका दुबै सदस्यको मृत्यु


पहिलोपोस्ट

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज, चालक दलका दुबै सदस्यको मृत्यु
दुर्घटनामा परेको 'नाइन एन एजेयु' कल साइन रहेको जहाज। यो जहाज पहिले गोमा एयरले चलाउँथ्यो। हाल मकालु एयरको स्वामित्वमा छ। -फाइल फोटो

काठमाडौँः बुधबार बिहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिका भेटिएको छ। दुर्घटनामा चालक दलका दुबै सदस्यको निधन भएको छ।

सुर्खेतको वीरेन्द्रनगरबाट जुम्ला उडेको मकालु एयरको कार्गो ६ः४५ मा सिमिकोट पुग्नपर्ने जहाज सम्पर्कविहीन भएको थियो। विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।

दुर्घटनामा चालक दलका दुबै सदस्यको निधन भएको छ। मृत्यु हुनेमा किरण भट्टराई र  आदित्य नेपाली रहेका छन्।

नेपाली सेना र माउन्टेन हेलिकप्टरका दुई जहाज र नेपाल प्रहरीको सहयोगमा विमान खोजी गरिएको थियो।

‘नाइन एन एजेयु’ कलसाइन रहेको जहाज सामान लिएर सुर्खेतबाट जुम्ला प्रस्थान गरेको थियो।

यसअघि उक्त जहाज गोमा एयरले चलाउँदै आएको थियो। पाँच वर्षअघि (मे २७, २०१३) हुम्लाको सिमिकोटमा यही जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक दलका सदस्यसहित ९ जना घाइते भएका थिए।



दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज, चालक दलका दुबै सदस्यको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट