PahiloPost

Aug 19, 2018 | ३ भदौ २०७५

यस्तो बनेर आयो 'पण्डित बाजेको लौरी'को टिजर


पहिलोपोस्ट

यस्तो बनेर आयो 'पण्डित बाजेको लौरी'को टिजर

काठमाडौं: दीपक ओली निर्देशित फिल्म 'पण्डित बाजेको लौरी'को टिजर सार्वजनिक भएको छ। एउटा गाउँ भित्र पण्डित्याई गर्ने पण्डितहरुको कथामा बनेको फिल्ममा बादी जातीलाई पनि समेटेको छ।

बादी जातीका पुरुष अर्थात 'बादी' जीविकोपार्जनका लागि मादल बनाउने पेशा गर्छन्। 'बदेनी' (स्थानीय भाषामा बादी समुदायको स्त्रीलाई गरिने सम्बोधन)ले भने आफ्नो शरीर बेच्ने गर्दछन्।

यही बादी जाती र पण्डितबीच हुने असमानता, भेदभाव र विभेदका विषय समावेश फिल्ममा विजय बराल, सन्ध्या केसी प्रमोद अग्रहरि, मरिश्का पोखरेल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतको मुख्य अभिनय छ। अधृत फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मलाई थमनकुमार भण्डारी (राज) र किशोर खड्काले निर्माण गरेका हुन्।

फिल्ममा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर गिरीको छायाँकन, मित्र डि गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत रहेकोछ।फिल्म साउन ४ गते प्रदर्शन हुनेछ।

 



यस्तो बनेर आयो 'पण्डित बाजेको लौरी'को टिजर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट