PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

दुर्घटनामा ज्यान गुमाउने पाइलट आदित्य मकालुका एमडी, सञ्चालक फिजुनाथका एक्ला छोरा



सविन ढकाल

दुर्घटनामा ज्यान गुमाउने पाइलट आदित्य मकालुका एमडी, सञ्चालक फिजुनाथका एक्ला छोरा

काठमाडौं : विहानदेखि सम्पर्कबिहीन मकालु एयरको कार्गो विमान हुम्लाको  खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिँदा चालक दलका दुवै सदस्यको मृत्यु भइसकेको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा पाइलट किरण भट्टराई र आदित्य नेपाली रहेका छन्। मृत्यु भएका दुवैको शव सिमिकोट विमानस्थलमा ल्याइसकिएको छ। मृत्य भएका पाइलट आदित्य मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीका एक्ला छोरा हुन्। उनी कम्पनीमा कार्यकारी निर्देशक समेत थिए।

सुर्खेतको वीरेन्द्रनगरबाट जुम्ला उडेको मकालु एयरको कार्गो ६:४५ मा सिमिकोट ल्यान्ड भइसक्नुपर्ने थियो। तर, जहाज सम्पर्कविहीन भयो। हराएको केही समयपछि फेरि सम्पर्क स्थापित हुँदा पाइलट नेपालीले विमान हराएको जानकारी टावरमा गराएको गृहमन्त्रालय स्रोतले जनायो। त्यसपछि फेरि सम्पर्क टुटेको थियो।

पाँच वर्षअघि (मे २७, २०१३) हुम्लाको सिमिकोटमा यही जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक दलका सदस्यसहित ९ जना घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell