PahiloPost

Sep 22, 2018 | ६ असोज २०७५

सभामुख कप राष्ट्रिय भलिबल : पुलिस र एपीएफ च्याम्पियन


पहिलोपोस्ट

सभामुख कप राष्ट्रिय भलिबल : पुलिस र एपीएफ च्याम्पियन

काठमाडौं : प्रथम भामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस र एपीएफले जितेका छन्। पुलिस पुरुषतर्फ तथा एपीएफ महिलातर्फ च्याम्पियन बनेको हो।

रोल्पाको लिवाङमा बुधवार भएको पुरुषतर्फको फाइनल खेलमा कुलबहादुर थापाको उत्कृष्ट प्रदर्शनमा पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३-१ को सेटमा हराउँदै च्याम्पियन बन्यो। पुलिसले आर्मीलाई २५–२१,१७–२५,३०–२८ र २५–२३ को सेटमा स्तब्ध बनायो। पुरुषतर्फ उपाधि जितेको पुलिस महिलातर्फ भने फाइनलमा पराजित भयो।

महिलातर्फ सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले पुलिसमाथी ३-० को सहज जित निकाल्दै उपाधि जित्यो। एपीएफले पुलिसलाई २५–९,२५–८ र २५–२० को सेटमा पराजित गर्‍यो।

प्रतियोगितामा पुरुषतर्फ पुलिसका कुलवहादुर थापा उत्कृष्ट घोषित भए। यसैगरी महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी चुनिईन्।

दुवै समूहका बिजेता पुलिस र एपीएफले ३ लाख ५० हजार नगद र राष्ट्रिय खेलकुद परिषद्को लोगो अंकित आर्कषक ट्रफि तथा मेडल प्राप्त प्राप्त गरे। उपविजेता आर्मी र पुलिसले समान २ लाख हात पार्दा तेस्रो भएको प्रदेश ४ र आर्मीले समान १ लाख नगद हात पारे।

विजेता टिम तथा खेलाडीलाई रोल्पाका प्रदेश सभासद् जितेन्द्रकुमार पुन, प्रमुख जिल्ला अधिकारी,रोल्पा नगरपालिकाका मेयर पुर्ण केसी,राष्ट्रिय खेलकुद परिषद्का सल्लाकार सालिग्राम खड्का,कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङ,रोल्पा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओमराज घर्तिमगर,नेपाल भलिबल संघका सचिव डम्वर वहादुर नेपाली,सदस्य रिता कोइरालालगायतले पुरस्कृत गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा वैशाख २९ गतेदेखि संचालन भएको प्रतियोगितामा दुवै विधामा समान १० टोलीको सहभागिता रहेको थियो। प्रदेशका सात र तीन विभागिय टिम पुलिस,एपीएफ र आर्मीले सहभागिता जनाएको थियो।



सभामुख कप राष्ट्रिय भलिबल : पुलिस र एपीएफ च्याम्पियन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट