PahiloPost

Sep 22, 2018 | ६ असोज २०७५

चिट्ठाले पार्ला है चिल्लीबिल्ली, यसरी सक्रिय छन् ठग


पहिलोपोस्ट

चिट्ठाले पार्ला है चिल्लीबिल्ली, यसरी सक्रिय छन् ठग

काठमाडौं : चिठ्ठा पर्‍यो भन्दै रकम ठगी गर्ने भारतीय नागरिकसहित पाँच जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले इलाम सोयाङ गाविस घर भई हाल ललितपुरको लेले बस्ने २४ वर्षीय रविन खत्री सहित पाँच जनालाई पक्राउ गरेको हो। 

प्रहरीले रुपन्देही र काभ्रेपलान्चोकबाट भारतीय नागरिक नितिश कुमार, बेलाल अहमद, काभ्रेपलान्चोकका संजय लामा र संजिव लामालाई पक्राउ गरेको हो। 

उनीहरुले भाइवर, ह्वाटसअप लगायत सामाजिक सञ्जालमार्फत् ‘तपाईँलाई २५ लाख रुपैयाँको चिठ्ठा परेको छ। केही रकम जम्मा गर्नुहोला’ भन्दै रकम जम्मा गराउन लगाएर ठगी गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

खत्रीले मनी ट्रान्सफरबाट झिकाएको पैसा निकाल्न जाँदा चाबहिलस्थित एक आइएमइबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनले अहिलेसम्म १० पटक आइएमइबाट पैसा झिकेको देखिएको छ। यसरी झिकिएको पैसा केही कमिसन आफूले राखेर भारतमा रहेका गिरोहलाई पठाउने गरेको अनुसन्धानमा देखिएको छ।

खत्रीले भारतीय कार्यक्रम कौन बनेका करोडपतिबाट करौडौंको चिठ्ठा परेको र सुरुमा केही रकम खर्च गर्नेपर्ने भन्दै रकम ठगी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।



चिट्ठाले पार्ला है चिल्लीबिल्ली, यसरी सक्रिय छन् ठग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट