PahiloPost

Sep 22, 2018 | ६ असोज २०७५

'हैरान'को गीतमा निश्मा र गजित


पहिलोपोस्ट

'हैरान'को गीतमा निश्मा र गजित

काठमाडौं :  फिल्म 'हैरान'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'दाग छैन अब जुनमा पनि' बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको हो।

चन्द्रमणि भट्टराईको शब्द, किरण कंडेलको संगीत, युबराज चौलागाई, ईन्दिरा जोशी र निश्मा घिमिरेको स्वर रहेको गीतमा फिल्मका कलाकार निश्मा र गजित विष्ट फिचर्ड छन्।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा प्रितम पाण्डेको सम्पादन रहेको छ। विश्व कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा बनेको फिल्म जेठ ४ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा निश्मा र गजितसँगै सत्यराज आचार्य, मोहमद वसिम राजा, सागर लम्साल, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेकोछ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन्।



'हैरान'को गीतमा निश्मा र गजित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट