PahiloPost

Sep 22, 2018 | ६ असोज २०७५

आज किन प्रतिनिधि सभा नियमावली पारित भएन? सभामुख यसो भन्छन्


आज किन प्रतिनिधि सभा नियमावली पारित भएन? सभामुख यसो भन्छन्

काठमाडौं : संसदमा आज प्रतिनिधि सभा नियमावली पारित गर्ने तयारी भए पनि मस्यौदासमेत पेश हुन सकेन।  सभामुख कृष्णबहादुर महराका अनुसार प्रतिनिधि सभा नियमावली मस्यौदामा सहमति जुटाउन समय दिइएको हो। 

प्रतिनिधि सभाको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरु सहमति जुटाउनका लागि समय मागेका थिए।
नियमावलीले संसदलाई नै सञ्चालन गर्ने भएकाले यसमा विवाद नरहोस् भनेर सहमतिका लागि समय दिइएको सभामुख महराले बताए।

उनले मुख्य रुपमा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने वा नगर्ने विषयमा दलहरुबीच सहमति भइनसकेको बताए। संसदीय समितिको संख्याका विषयमा पनि दलहरुबीच सहमति नभएकोले सहमति जुटाउन समय दिइएको उनले बताए।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नुपर्ने अडान वाम गठबन्धनको रहेको छ भने कांग्रेस र मधेशवादी दलले भने अदालतको निर्णयलाई मुख्य आधार मान्न अडान लिएको छ। अभियोग लाग्दैमा निलम्बन गर्न नहुने अडान उनीहरुको रहेको छ। 

हाल संसदमा पेस भएको मस्यौदामा अभियोग लागेका सांसदलाई कुनै पनि सेवासुविधा नदिने र कुनै सहयोग नपाउने उल्लेख छ।

यसैगरी १० वटा संसदीय समितिको सिफारिस गरिएको छ तर कांग्रेस भने बढीमा सातवटा समितिको पक्षमा रहेको छ।
 



आज किन प्रतिनिधि सभा नियमावली पारित भएन? सभामुख यसो भन्छन् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट