PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

'लुट' फिल्मका निर्माता माधव वाग्लेको कोठामा फेला पर्‍यो साढे २ करोड नक्कली नोट, ६ जना समातिए



सविन ढकाल

'लुट' फिल्मका निर्माता माधव वाग्लेको कोठामा फेला पर्‍यो साढे २ करोड नक्कली नोट, ६ जना समातिए

काठमाडौं : महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले २ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ बरामद गरेको छ। चलचित्र निर्माता माधव वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरीले आज ६ जनालाई नक्कली रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा निर्माता वाग्लेसँगै महेन्द्र बोगटी, सुजित तामाङ, दिकेश नापित र प्रकाश सुवेदी रहेका छन्। 


उनीहरुले नक्कली नोट होटल/रेस्टुराँको बिल तिर्दा, यौन बजारमा  तथा लागू औषध दुर्व्यसनका क्षेत्रमा प्रयोग गर्दै आएको परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरुले रकम यी क्षेत्रमा खर्च गर्थे

  • होटल रेष्टुराँमा पैसा तिर्न
  • यौनकर्मीलाई दिन
  • जुवा खेल्दा तिर्न
  • लागू औषध कारोबारीमार्फत् 
  • सक्कलीमा मिसाएर
बैँक लुटे पनि प्रहरीले पक्राउ गर्न असफल हुने कथामा रहेको हिट फिल्म 'लुट' का निर्माता वाग्ले नै हुन्। फिल्म वितरक हुँदै फिल्म निर्माण कम्पनी बनाएर निर्माता बनेका उनको फिल्म निर्माणका लागि प्रिन्सेज मुभिज र वितरणका लागि  पपकर्न पिक्चर्स छ। 

आठ वर्षअघि 'फर्स्ट लभ' फिल्मबाट निर्माणमा होमिएका वाग्लेले  छड्के, मिसन पैसा रिलोडेड[, रेशम फिलिली, लभ शाशा  लुट २ फिल्म बनाएका थिए। 

आफूले बनाएका फिल्ममा वाग्ले अतिथि कलाकारका रुपमा समेत देखिँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell