PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज : यी हुन् मनोनयनमा परेका खेलाडी र प्रशिक्षकहरु


पहिलोपोस्ट

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज : यी हुन् मनोनयनमा परेका खेलाडी र प्रशिक्षकहरु

काठमाडौं : नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले  हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण पल्सर स्पोर्ट्स अवार्ड-२०७४’ बिहीवार हुँदैछ।

नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रम यस पटक आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना हुँदैछ। यसअघि कमलादीमा रहेको प्रज्ञा भवनमा हुँदै आएको थियो।

२०७४ सालमा नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, संस्थालाई सम्मान गर्ने अवार्ड समारोहमा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिँदैछ।

जसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक, पिपुल्स च्वाइस, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्ड छन्।

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्डको घोषणा कार्यक्रममै गरिनेछ बाकी ५ विधाका लागि यसअघि नै ५–५ जनाको मनोनयन सार्वजनिक भइसकेको छ।

पिपुल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मान बहादुर श्रेष्ठ रहेका छन्।

वर्षको उत्कृष्ट खेलाडी पुरुषमा क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका छन्। यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ छन्।

युवातर्फ सन्दीप लामिछानेसँगै क्रिकेटकै दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल रहेका छन्। उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन्।

वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ। डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने कार्यक्रमको अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, आईएमएसई प्रालि, आईएमएसई हाउजिङ, रुस्लान, टीएचटी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, साहस स्पोर्ट्स, एभिन्युज खबर, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेका छन्।

 



एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज : यी हुन् मनोनयनमा परेका खेलाडी र प्रशिक्षकहरु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट