PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

आइपीएल : मुम्बईले पञ्जावलाई ३ रनले हरायो, प्लेअफका बाँकी दुई स्थानका लागि लागि ५ टिम होडमा


पहिलोपोस्ट

आइपीएल : मुम्बईले पञ्जावलाई ३ रनले हरायो, प्लेअफका बाँकी दुई स्थानका लागि लागि ५ टिम होडमा

इन्डियन प्रिमियर लिग (आइपीएल)मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सले किंग्स एलेभेन पञ्जावमाथि ३ रनको जित हात पारेको छ।

ओपनर लोकेश राहुलले ९४ रन बनाए पनि १८७ रनको लक्ष्य पछ्याएको पञ्जावले पूरै २० ओभरमा १८३ रन मात्र बनाउन सक्यो। यस सिजन उत्कृष्ट सुरुवात गरेको पञ्जावको यो सातौँ हार हो भने खराब सुरुवात गरेको मुम्बईले पुनरागमन गर्दै छैटौँ खेल जितेको हो। दुबै टिमको समान १३ खेलबाट समान १२ अंक छ। रनरेटमा मुम्बई चौथो तथा पञ्जाव छैटौँमा छ। यस्तै १३ खलबाट १२ अंकका साथ राजस्थान पाँचौँ स्थानमा छ। १२ खेल खेलेको बैंगलोर १० अंकका साथ सातौँ स्थानमा छ।

यी चार टिमसँगै १३ खेलबाट १४ अंक जोडेको तेस्रो स्थानको कोलकता नाइट राइडर्स प्लेअफ पुग्ने होडबाजीमा छन्। यसअघि सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किंग्स प्लेअफमा पुगिसकेका छन्। अब बाँकी ५ मध्ये २ टिम मात्र प्लेअफ पुग्नेछन्। त्यसका लागि लिग चरणको बाँकी ६ खेलको नतिजा कुर्नुपर्नेछ।


मुम्बईको जितमा पोलार्ड र बुमराहको योगदान

घरेलु मैदान वानखडे स्टेडियममा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै १८६ रन बनाएको थियो। मुम्बईका लागि पुनरागमन गरेका किरण पोलार्डले २३ बलमा ५० रन बनाए। यस्तै क्रुनल पाण्ड्याले ३२ तथा सूर्यकुमार यादवले २७ रन योगदान गरे। ७१ रनमा ४ विकेट गुमाएको मुम्बईका लागि पोलार्ड र क्रुनलले पाँचौ विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए।

बलिङमा पञ्जावका आन्द्रे त्येले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए।

जवाफमा १८७ रनको लक्ष्य पछ्याएको पञ्जावले जितबाट ३ रनले मात्र टाढा रह्यो। पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन मात्र बनाउन सक्यो। ओपनर लोकेश राहुलले ६० बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा ९४ रन बनाए पनि जित दिलाउन सकेनन्। राहुललाई १९औँ ओभरको तेस्रो बलमा जसप्रित बुमराहले आउट गरेका थिए। यस्तै आरोन फिनचले ४६ रन जोडे।

पञ्जावलाई जितबाट रोक्न मुम्बईका बुमराहले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए।

आइपीएल अन्तर्गत आज शीर्ष स्थानको हैदरावाद र बैंगलोरबीच खेल हुनेछ। प्लेअफ पुग्न बैंगलोरको लागि यो खेल जित्नैपर्ने दबाब छ। हारले भने बैंगलोर बाहिरिनेछ।



आइपीएल : मुम्बईले पञ्जावलाई ३ रनले हरायो, प्लेअफका बाँकी दुई स्थानका लागि लागि ५ टिम होडमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट