PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

येदियुरप्पा कर्नाटकको मुख्यमन्त्रीको शपथ लिँदै, अदालतको ग्रीन सिग्नल



पहिलोपोस्ट

येदियुरप्पा कर्नाटकको मुख्यमन्त्रीको शपथ लिँदै, अदालतको ग्रीन सिग्नल

कर्नाटक विधानसभाको सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) का बीएस येदियुरप्पाले आज मुख्यमन्त्रीको शपथ लिँदैछन्। 

२२२ सिटमध्ये १०४ सिटमा विजय हासिल गरेको भाजपाले दलको नेतामा येदियुरप्पालाई चयन गरेपछि उनी मुख्यमन्त्री बन्न लागेका हुन। नेता चुनिए लगतै उनले राज्यपालसमक्ष सरकार बनाउने दाबी पेस गरेका थिए। 

निर्वाचनमा कांगेसले ७८ र जनता दल सेक्युलर (जेडीएस) ले ३७ सिटमा जित हासिल गरेका थिए। भाजपा पहिलो दल बने पनि बहुमत ल्याउन सकेको छैन। बहुमतका लागि ११२ सिटको आवश्यक पर्नेछ। 

कांग्रेसले पनि जेडीएससँग गठबन्धन गरी राज्यपाललाई सरकार बनाउने दाबी पेस गरेको थियो। तर राज्यपालले ठूलो दलको हैसियतले भाजपाका येदियुरप्पालाई नियुक्त गर्न निर्णय गरी विधानसभामा बहुमत प्राप्त गर्न १५ दिनको समय दिएका छन्।  

बहुमत नै नपुग्ने दललार्इ सरकार बनाउन  आह्वान गरेको भन्दै कांग्रेसले कर्नाटकका राज्यपालले भाजपाको इसारा काम गरेको आरोप लगाए।    
राज्यपालको निर्णयविरुद्ध कांग्रेस र जेडीएसले सर्वोच्च अदालतमा निवेदन दिए। मध्यरातको २ बजेबाट सुनुवाइ सुरु गरेको सर्वोच्चले ४ः२५ बजे येदियुरप्पाको शपथग्रहण स्थगित गर्नु नपर्ने आदेश दियो।  

सर्वोच्चको निर्णयसँगै येदियुरप्पाले मुख्यमन्त्रीको शपथ लिन लागेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell