PahiloPost

May 20, 2018 | ६ जेठ २०७५

वाम एकताको फिभरः के के हुँदैछ दिनभर?


पहिलोपोस्ट /पहिलोपोस्ट

वाम एकताको फिभरः के के हुँदैछ दिनभर?

काठमाडौँः चुनावी गठबन्धनपछिका केही आरोह–अवरोहबीच दुई वाम दल एकीकरणको अन्तिम तयारीमा छन्। बिहीबार नेकपा एमाले र माओवादी केन्द्र एकै पार्टीमा परिणत हुने अन्तिम कसरतमा छन्। आजै एकीकरण घोषणा गरी एकीकृत दल निर्वाचन आयोगमा दर्ताको तयारी गरिएको छ।

एकीकरणलाई अन्तिम रुप दिन बुधबारदेखि नै तीव्र रुपमा गृहकार्य भइरहेको छ। बुधबार बिहानदेखि दुई शीर्ष नेताहरुको औपचारिक र अनौपचारिक बैठक जारी रह्यो। स्थायी समिति बैठक पनि बसे।

 

दिनभर दौडधुप

बिहीबार एकीकरणलाई फिनिसिङ गर्ने दलहरुका आन्तरिक र संयुक्त गतिविधि तय भएका छन्। एकीकरणबारे औपचारिक निर्णय भने वाम एकता संयोजन समितिले गर्नेछ। बिहान १० बजे बैठक बोलाइएको छ।

यस्तै, बिहान ११ बजे एमालेको केन्द्रीय समिति बैठक बस्दैछ। एकीकरणको अघिको अन्तिम बैठकका रुपमा हेरिएको छ। १ बजे माओवादी केन्द्रको सचिवालय बैठक बस्नेछ।

यस्तै, ३ बजे दुबै दलको संयुक्त बैठक बस्दैछ। ४ बजे एकीकरणको निर्णयसहित निर्वाचन आयोगलाई औपचारिक जानकारी दिने तयरी वाम गठबन्धनको छ।

५ बजे एकीकृत दलको पत्रकार सम्मेलनको तयारी छ।  



वाम एकताको फिभरः के के हुँदैछ दिनभर? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट