PahiloPost

May 25, 2018 | ११ जेठ २०७५

ओलीले सुनाए रोडम्यापका पाँच चरण : यसरी हुँदैछ पार्टी एक


ओलीले सुनाए रोडम्यापका पाँच चरण : यसरी हुँदैछ पार्टी एक
काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र एक हुने रोडम्याप प्रष्ट पारेका छन्।

आज बिहान बल्खुमा आयोजित २५ औँ मदन –आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्र दुवैले पार्टी एकीकरण गर्ने निर्णय गरिसकेको भन्दै यस्तो रोडम्याप सुनाए-

•    यसपछि पार्टी एकता समन्वय समितिको बैठक तुरुन्त बस्छ। 
•    संयोजन समितिले ‍औपचारिक ढंगले निर्णय गर्छ पार्टी एकताको। 
•    त्यसपछि आ-आफ्ना केन्द्रीय कमिटीहरु बस्छन् र निर्णय गर्छन्। 
•    त्यसपछि संयुक्त केन्द्रीय कमिटी बस्छ र त्यो एउटै केन्द्रीय कमिटी हुन्छ। 
•    अनि पार्टीको एउटै केन्द्रीय कमिटीको बैठकले निर्णय गरेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्छ। 

‘यो सँधै दर्ता गरेको जस्तो हैन, यो नेपालको भविष्यको संकेत दर्ता गर्दैछौँ हामी’, प्रधानमन्त्री ओलीले भने, ‘अब नेपाल कता जाँदैछ भन्ने कुराको दर्ता। यो चानचुने कुरा हैन।‘  


 


ओलीले सुनाए रोडम्यापका पाँच चरण : यसरी हुँदैछ पार्टी एक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

ट्रेन्डिङ पोस्ट