PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सर्वोच्चको फैसलापछि येदियुरप्पा बने कर्नाटकका मुख्यमन्त्री 



पहिलोपोस्ट

सर्वोच्चको फैसलापछि येदियुरप्पा बने कर्नाटकका मुख्यमन्त्री 

कर्नाटक विधानसभामा ठूलो पार्टी बन्न सफल भारतीय जनता दलका बीएस येदियुरप्पाले मुख्यमन्त्रीको सपथ लिएका छन्। कुल २ सय २२ सिट मध्ये १ सय ४ सिटमा विजय हासिल गरेको बिजेपीले विधायक दलको नेतामा येदियुरप्पालाई नेता चुनेपछि उनले मुख्यमन्त्री पदको सपथ लिएका हुन्। सपथको बेला कांग्रेसका सांसदले भने विधानसभा बाहिर धर्ना दिएका थिए

बीजेपीले निर्वाचनमा बहुमत जुटाउन नसके पनि राज्यपालले ठूलो दलका नेताका नाताले बिजेपीका येदियुरप्पालाई मुख्यमन्त्रीको सपथ खुवाएका हुन्। बहुमत सिद्ध गर्नका लागि १ सय १२ सिटको आवश्यक्ता पर्दछ, जुन बीजेपीसँग छैन। 

निर्वाचनमा कांग्रेसले ७८ र जनता दल सेक्युलर जेडीएस ले ३७ सिट जितेको छ। त्यसैले कुल १ सय १५ सिट रहेको कांग्रेसले पनि जेडीएससँग गठबन्धन गरी राज्यपाललाई सरकार बनाउने दावा पेश गरेको थियो। तर, राज्यपालले बीजेपीका येदियुरप्पालाई मुख्य मन्त्री नियुक्त गर्ने निर्णय गरी विधानसभामा बहुमत प्राप्त गर्न १५ दिनको समय दिए। बहुमत नै नपुग्ने दललार्इ सरकार बनाउन  आह्वान गरेको भन्दै कांग्रेसले कर्नाटकका राज्यपालले बीजेपीको इशारामा काम गरेको आरोप लगाएको छ।    

राज्यपालको निर्णयको विरुद्ध कांग्रेस र जेडीएस सर्वोच्च न्यायालय पुगी सपथको निर्णय बदर गर्न माग गर्दै निवेदन दिए। सर्वोच्चले पनि विषयको गम्भीरता हेरी मध्यरात २ बजेबाट सुनुवाइ सुरु गरेको थियो। र, बिहान ४:२५ बजे येदियुरप्पाको सपथ ग्रहण स्थगित गर्न कांग्रेस र जेडीएसले गरेको याचिका खारेज गर्यो। तर, कांग्रेस र जेडीएसले दिएको रिट खारेज गरेन। 

सर्वोच्चले अर्को सुनुवाइ शुक्रबारका लागि तय गरेको छ। येदियुरप्पा अब कति दिन मुख्य मन्त्री बन्ने हुन सर्वोच्चले गर्ने फैसलामा निर्भर हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell