PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'दी कर्मा'मा भित्रिए तीन कलाकार



पहिलोपोस्ट

'दी कर्मा'मा भित्रिए तीन कलाकार

काठमाडौं : नेपाली फिल्म 'दी कर्मा'मा कलाकार बुद्धी तामाङ र अभिनेत्रीद्वय नीता ढुङ्गाना र परमिता राज्यलक्ष्मी राणा भित्रिएका छन्।  निर्माण टिमले नै फिल्ममा तीन कलाकार भित्रिएका जनाएको हो। 

फिल्मको अहिले पोष्ट प्रोडक्शनको काम भैइरहेको छ। फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्माको पनि प्रमूख भुमिका छ।
 नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन्। जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा भएको हो।

 फिल्ममा जय राज रायको कथा र रामेश्वर कार्कीको छायाँकन रहेको छ। जय राज राय र निशा खतिवडा  फिल्मका निर्माता हुन्। 
भारतमा पनि  प्रदर्शन गर्ने भनिएको फिल्म हिन्दी र नेपाली भाषामा बन्ने निर्माता रायले बताए। टिमले आगामी भदौलाई प्रदर्शन टार्गेट गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell