PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


माओवादी केन्द्रको अन्तिम बैठक सकियो, नेताहरु बालुवाटारतिर


पहिलोपोस्ट

माओवादी केन्द्रको अन्तिम बैठक सकियो, नेताहरु बालुवाटारतिर
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ। बैठक सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता बालुवाटारका लागि हिँडेका छन्। 

बैठकमा प्रचण्डले आज बसेको वाम एकता संयोजन समितिको बैठकले गरेका निर्णय ब्रिफ गरेका थिए। आजै सम्पन्न एकता संयोजन समितिको बैठकले पार्टी एकता, एकताको प्रारुप, संगठनको स्वरुप लगायतका विषयमा भएको निर्णयलाई अनुमोदन गरेको छ। 

समितिले गरेको अनुमोदनलाई बालुवाटारमा सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउँदैछन्। 

बिहानको समितिको बैठक सकिएलगत्तै माओवादी नेताहरु प्रचण्डको निवास खुमलटारतिर लागेका थिए। 

समितिको बैठकमा अनुमोदन गरेका कुरा दुवै पार्टीको केन्द्रीय कमिटीमा निर्णय गराउने जानकारी गराउने निर्णय भएको थियो। त्यसपछि बस्ने संयुक्त केन्द्रीय कमिटीले समितिले अनुमोदन गरेको विषयलाई निर्णयार्थ पेश गर्नेछ।
 



माओवादी केन्द्रको अन्तिम बैठक सकियो, नेताहरु बालुवाटारतिर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट