PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

पेट्रोलियम पदार्थको मुल्यवृद्धि माफी माग्दै फिर्ता लिनुपर्छ : नेविसंघ


पेट्रोलियम पदार्थको मुल्यवृद्धि माफी माग्दै फिर्ता लिनुपर्छ : नेविसंघ

काठमाडौं : नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोध गर्दै राजधानीको आरआर कलेजअगाडि प्रदर्शन गरेको छ।

विरोध कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसि‌ंह महरले कल्याणकारी राज्य बनाउँछु भन्ने कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थमा चारपटक मृल्यवृद्धि गरी विद्यार्थी र जनताको ढाँड सेक्ने काम गरेको बताए। उनले भने, 'केपी ओली प्रधानमन्त्री भएपछि चारपटक मुल्यवृद्धि भयो। जनताको प्रतिनिधि पात्रले जनतालाई नै मार्कामा पार्ने यस्तो कदम माफी मागेर फिर्ता नलिएसम्म देशभर आन्दोलन जारी रहन्छ।'


यस्तो जनहित विपरितको कदम फिर्ता नलिएसम्म आन्दोलन जारी रहने महरले बताए। बुधबार नेपाल अायल निगमले ग्यास र हवार्इ इन्धन बाहेक सबै पेट्रोलियम पदार्थमा मृल्यवृद्धि गरेको थियो। ओली सरकार गठन भएपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हो। 



पेट्रोलियम पदार्थको मुल्यवृद्धि माफी माग्दै फिर्ता लिनुपर्छ : नेविसंघ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट