PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

एकीकृत पार्टीका जम्बो केन्द्रीय सदस्यलाई खुवाइयो 'रक्तरञ्जित झण्डासामु' शपथ


एकीकृत पार्टीका जम्बो केन्द्रीय सदस्यलाई खुवाइयो 'रक्तरञ्जित झण्डासामु' शपथ

काठमाडौँ : एमाले र माओवादी केन्द्र एक भएर बनेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई शपथ खुवाइएको छ।

रामकुमारी झाँक्रीले सार्वजनिक गरेको शपथ विवरण अनुसार शपथ पत्रमा सहिदको रगतद्वारा रञ्जित पार्टी झण्डासामु शपथ लिन लगाइएको व्यहोरा उल्लेख छ। 

शपथमा यी पाँच विषय छन् 

  • पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने
  • पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्ने
  • पार्टीको गोपनीयता तथा एकता जोगाउने
  • स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन बिताउने
  • सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारविरुद्ध दृढतापूर्वक जुझिरहने 
एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ जसमा प्रतिशत नभने पनि ४५ प्रतिशत माओवादी केन्द्रले पाउने र बाँकी ५५ प्रतिशत एमालेले राख्नेसमेत सहमति भएको छ।

सहमति अनुसार २०० सदस्य माओवादीको भागमा र २४१ सदस्य एमालेको भागमा पर्ने छन्।

त्यस्तै पार्टीको स्थायी समितिमा ४३ सदस्य रहने सहमति जुटेको छ। सहमति अनुसार स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहनेछ।

सपथ पनि खाईयो । pic.twitter.com/vcy99g4jiR

— Ram kumari Jhakri (@Jhakri_didi) May 17, 2018



एकीकृत पार्टीका जम्बो केन्द्रीय सदस्यलाई खुवाइयो 'रक्तरञ्जित झण्डासामु' शपथ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट