PahiloPost

May 20, 2018 | ६ जेठ २०७५

नेकपाको ६ बुँदे घोषणपत्र : समाजवाद उन्मुख जनताको जनवाद, जनवादी केन्द्रीयता, सामुहिक नेतृत्व


पहिलोपोस्ट /पहिलोपोस्ट

नेकपाको ६ बुँदे घोषणपत्र : समाजवाद उन्मुख जनताको जनवाद, जनवादी केन्द्रीयता, सामुहिक नेतृत्व
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट (नेकपा) पार्टीले ६ बुँदे घोषणा सार्वजनिक गरेको छ। पार्टी एकता घोषणसभामा नवगठित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका तर्फबाट ६ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन्।
 
६ बुँदे घोषणपत्रमा नवगठित नेकपाको सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने उल्लेख छ। त्यस्तै पार्टीको तत्कालीन कार्यनीति समाजवाद उन्मुख जनताको जनवाद रहने उल्लेख छ।
 
नेकपाको संगठन मार्क्सवाद, लेनिनवादमा आधारित जनवादी केद्रीयता सामुहिक नेतृत्त्व र जनउत्तरदायी कार्यकर्ता हुनेछ। घोषणापत्रमा सरकारले गठन गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान पूरा गर्ने अभियानमा एकताले बल पुग्ने उल्लेख गरेको छ।
 


नेकपाको ६ बुँदे घोषणपत्र : समाजवाद उन्मुख जनताको जनवाद, जनवादी केन्द्रीयता, सामुहिक नेतृत्व को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट