PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

हाइड्रोजन र अक्सिजन मिल्यो, अब छुट्टयाउन सक्दैनन् - प्रचण्ड


हाइड्रोजन र अक्सिजन मिल्यो, अब छुट्टयाउन सक्दैनन् - प्रचण्ड

काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुको फुटको इतिहासमा क्रमभंग भएको बताएका छन्। उनले अब कम्युनिष्ट पार्टी नफुट्ने बताए। 

‘अक्सिन र हाइड्रोजन मिलेर पानी बन्यो, अब पानीमा अक्सिन र हाइड्रोजन छुट्याउन सकिँदैन्,’ प्रचण्डले भने, ‘अब माओवादी केन्द्र र एमाले मिलेर नयाँ पार्टी बन्यो, अब यहाँ एमाले र माओवादी केन्द्र छुट्याउन सकिँदैन्।’
 
प्रचण्डले जनतामाझ गरेको पार्टी एकताको प्रतिवद्धता पूरा गरेको भन्दै उनले अब एकता पछाडिको मिसन पूरा गर्न बाँकी रहेको बताए। उनले एकता गर्नुको पछाडि सामाजिक न्याय सहितको आर्थिक समृद्धिसहितको समाजवाद ल्याउने मिसनमा अगाडि बढेको समेत बताए। 

प्रचण्डले सुशासनको युगको सुरुवात भएको समेत बताए। उनले पछिल्लो समय कम्युनिष्ट पार्टीहरुमा सिद्धान्त स्खलन हुँदै गएको समेत बताए। ‘हिजो म मर्न पाइन भनेर झगडा हुन्थ्यो अहिले म सांसद बन्न पाउँ, म मन्त्री बन्न पाँउ म प्रधानमन्त्री हुनै पर्छ भन्ने झगडा हुन थालेको छ। हामीमाझ कहिँ न कहीँ आर्दश सिद्धान्तमा स्खलित भयौँ,’उनले भने।
 



हाइड्रोजन र अक्सिजन मिल्यो, अब छुट्टयाउन सक्दैनन् - प्रचण्ड को लागी १ प्रतिक्रिया(हरु)

Milan [ 2018-05-18 04:39:46 ]
Oxygen ra hydrogen milyo bhane pani ( H2O) hunchha hoina?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट