PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

कांग्रेसलाई ओलीको कटाक्ष : एउटा चुनाव हार्दा दिशाहिन भएर किन यता र उता टाउको ठोक्काएको?


कांग्रेसलाई ओलीको कटाक्ष : एउटा चुनाव हार्दा दिशाहिन भएर किन यता र उता टाउको ठोक्काएको?

काठमाडौं: प्रधानमन्त्री एव‌ं नवगठिन नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एउटा चुनाव हार्दा आत्तिएको बताएका छन्। आज पार्टी एकता घोषणा सभालाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले एउटा चुनाव हार्दैमा आत्तिन नहुने सुझावसमेत दिए।

ओलीले भने, 'एउटा चुनाव हार्दैमा दिशाहिन भएर कहिले यता भित्ता ठोक्काउँदै हिडेको छ। कहिले उता टाउको ठोक्काउँदै हिडेको छ। खै हामीले त १५ सालमा ४ सिटमात्र ल्याएका थियौं। तैपनि हामी त लोकतान्त्रिक मान्यतामा दृढ भएर अघि बढिरह्यौ। अलिकति चुनाव हार्दा उहाँहरु आत्तिनुहुन्छ।'

प्रधानमन्त्री ओलीले कांग्रेस वैधानिक हिसाबले प्रमुख प्रतिपक्षी भएपनि आफूले त्यसरी नहेर्ने बताए। 'मैले बिहान पनि चसक्क भनेको थिएँ। नेपाली कांग्रेस वैधानिक हिसाबले प्रमुख प्रतिपक्षी हो। तर म कांग्रेसलाई प्रमुख प्रतिपक्षीका रुपमा हेर्न चाहन्न,' ओलीले भने, 'राष्ट्र निर्माणको यो महाअभियानमा खेल्नुस वैधानिक भूमिका। जनताले झन्झन आश्चार्य मान्ने काम गरेर किन आफ्नै प्रतिष्ठा र विश्वसनीयता किन घटाउनुहुन्छ?'



कांग्रेसलाई ओलीको कटाक्ष : एउटा चुनाव हार्दा दिशाहिन भएर किन यता र उता टाउको ठोक्काएको? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट