PahiloPost

Aug 19, 2018 | ३ भदौ २०७५

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, पेरिसडाँडा जनसम्पर्क कार्यालय


पहिलोपोस्ट

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, पेरिसडाँडा जनसम्पर्क कार्यालय
फाइल फोटो

काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्बाराहीमा रहने भएको छ। 

पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए। धूम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए। 

शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ। निर्वाचन आयोगमा आज दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए। रासस



नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, पेरिसडाँडा जनसम्पर्क कार्यालय को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट