PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकी गुप्तचर संस्था सिआइएमा पहिलो पटक महिला निर्देशक



पहिलोपोस्ट

अमेरिकी गुप्तचर संस्था सिआइएमा पहिलो पटक महिला निर्देशक
Photo: GETTY IMAGES

न्यूयोर्क : अमेरिकी गुप्तचर संस्था सिआइएमा पहिलो पटक महिला निर्देशक नियुक्त गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले जिना ह्यास्पेललाई सिआइए निर्देशकमा नियुक्तका लागि गरेको सिफारिसलाई अमेरिकी सिनेटले अनुमोदन गरेको हो। 

संसदमा  उनको पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो। सन् २००१ को सेप्टेमबरमा अमेरिकामा भएका आतंकवादी हमलापछि सिआइएले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको संग्लनता रहेको भन्दै उनको आलोचना समेत हुँदै आएको छ। 

३३ वर्ष देखि सिआइएमा भूमिगत गुप्तचरका रुपमा काम गरेकी ह्यास्पेलले २००२ मा थाइल्याण्ड स्थित 'ब्ल्याक साइट'का नामले चिनिने एउटा भूमिगत अखडामा चलाएकी थिइन्। 'ब्ल्याक साइट'मा उनको समूहले कडा केरकारको गोप्य कार्यक्रम चलाउँदै आएको थियो। 

त्यहाँ कैदीहरुलार्इ पट्टी बाँधेर पानीमा डुबाउन जस्ता कठोर यातना दिने गरिएको अमेरिकी सिनेटको प्रतिवेदनको निष्कर्ष निकालेको थियो। अब्दुल रहिम अल नासिरि नामक संदिग्ध लगाययत ११४ कैदीलाई निदाउन नदिने, नाङ्गै राख्ने, सानो बाकसमा बन्द गर्ने, कडा ताप्क्रममा राख्ने जस्ता कठोर यातना दिइएको थियो। 

त्यसबेला उनले निभाएको भुमिकाको सांसदहरु बीच मतभेद देखिए पनि संसदमा मत विभाजन हुँदा उनी बहुमतबाट निर्वाचित भएकी हुन। बिहीबार भएको निर्वाचनमा डेमोक्रयाटका ६ सांसदले पार्टीको नीति विरुद्ध ह्यास्पेलको पक्षमा मतदान गरेका थिए।

रिपब्लिकनका २ सांसदले उनको विपक्षका मत दिएकाले डेमोक्रयाटका सांसदको मत बिना उनी निर्देशकका रूपमा अनुमोदन हुने अवस्था थिएन।

अमेरिकाले आतंकवादी गतिविधिका संदिग्धहरूलाई पानीमा डुबाएर यातना दिने जस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताउदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्यास्पेललाई अनमोदन गरेकोमा रिपब्लिकन नेताहरुले नै विरोध गरेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जिना ह्यास्पेललाई सीआईएकी निर्देशकमा सिफारीस गर्नु अघि माइक पोम्पेओ सीआईएका निर्देशक थिए। ट्रम्पले पोम्पेओ विदेशमन्त्रीमा नियुक्त गरे पछि उनले निर्देशकका पद छाडेका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले ह्यास्पेललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell