PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुई महिनापछि आयो इरफानको ट्विट, लेखे : सुरुवात साच्चै अवोध हुन्छ जसलाई कुनै अनुभवले किन्न सक्दैन



पहिलोपोस्ट

दुई महिनापछि आयो इरफानको ट्विट, लेखे : सुरुवात साच्चै अवोध हुन्छ जसलाई कुनै अनुभवले किन्न सक्दैन

दुई महिनाअघि इरफान खानबारे एउटा खराब समाचार आयो। ट्युमरबाट पीडित भएका खानको उपचारका बारेमा धेरै चर्चा चले। उनको मृत्युको नजिकै रहेकोसमेत मिडियामा आए। त्यसयता उनी लन्डनमा उपचाररत छन्। मार्च २०१८ देखि सोसल मिडियाबाट बाहिरै रहेका उनी दुई महिनापछि ट्विटरबाट झुल्किए। खानको आगामी फिल्म ‘कारवान’ को पोस्टर उनकै अकाउन्टबाट सेयर भयो। 

कारवान अकारस खुराना निर्देशित फिल्म हो। दक्षिण भारतीय स्टार दलकर सलमान र मिथिला पालकरको बलिउड डेब्यु हो यो फिल्म। फिल्मको पोस्टरमा ट्यागलाइन छ – ‘थ्री लस्ट सोल्स…टू डेड बडिज…अ जर्नी अफ अ लाइफटाइम।‘ 
 

यही फिल्मको पोस्टर सेयर गर्दै इरफानले ट्विटमा लेखेका छन्  - ‘सुरुवात साच्चै अवोध हुन्छ जसलाई कुनै अनुभवले किन्न सक्दैन। कारवानमा जोडिएकोमा दलकर र मिथिलालाई मेरो शुभ कामना। ‘दुई कारवान्स’…माइन्ड दी मुभी!!’

उनको ट्विटलाई दलकरले रिप्लाइ गर्दै धन्यवाद प्रकट गरेका छन्। साथै उनको सीघ्र स्वास्थ्य लाभको पनि कामना गरेका छन्।

लन्डनमा रहँदै आएका भारतीय मुलका चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ। हलिउडमा समेत स्थापित भइसकेका इरफान खानको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा न्युरोइन्क्रिन ट्युमर रहेको पहिचान भएको थियो।  

त्यसो रोग पहिचान भएलगत्तै इरफानको अमेरिकामा उपचार गर्ने तयारी थियो। लन्डनमा उपचार राम्रो हुनेमा इरफान विस्वस्त भएपछि निर्णय फेरिएको थियो। अझै केही समय इरफान लन्डनमा हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell