PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रहलान् त येदियुरप्पा मुख्यमन्त्री? 



पहिलोपोस्ट

रहलान् त येदियुरप्पा मुख्यमन्त्री? 
फाइल फोटो : PTI

कर्नाटक विधानसभा निर्वाचनबाट ठूलो पार्टी बनेलगत्तै मुख्यमन्त्रीको सपथ लिएका बीएस येदियुरप्पाले शनिबार सदनमा विश्वासको मत लिने भएका छन्। 

कांग्रेस र जेडीएसले बहुमत नै नपुग्ने दललार्इ सरकार बनाउन आह्वान गरेको भन्दै कर्नाटकका राज्यपालको निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। त्यसैको सुनुवाइ गर्दै शुक्रबार अदालतले शनिबार ४ बजे विधानसभाबाट बहुमत सिद्ध गर्न आदेश दिएको छ। यससँगै कर्नाटकको येदियुरप्पा सरकार संकटमा परेको छ र उसले कनै नीतिगत निर्णय लिन नपाउने भएको छ। 

कर्नाटक विधानसभा निर्वाचनबाट ठूलो पार्टी बन्न सफल भारतीय जनता दलका बीएस येदियुरप्पाले बिहीवार मुख्यमन्त्री पदको सपथ लिएका हुन्। कुल २ सय २२ सिट मध्य १ सय ४ सिटमा विजय हासिल गरेको बिजेपीको विधानसभामा बहुमत छैन। बहुमत सिद्ध गर्नका लागि १ सय १२ सिटको आवश्यकता पर्दछ, जसका लागि उसलार्इ ८ सिट अपुग हुन्छ। 

सर्वोच्चको निर्णयपछि येदियुरप्पाले भने आफुहरुले विधानसभामा पूर्ण बहुमत ल्याउनेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन्।
उता कांग्रेसले भने सर्वोच्चको निर्णय ऐतिहासिक तथा संविधान र गणतन्त्रको जित भएको प्रतिक्रिया दिएको छ।   

कांग्रेस अध्यक्ष राहुल गान्धीले ट्वीट गर्दै सर्वोच्च अदालतको निर्णयले राज्यपाल विजु भाइको निर्णय असंवैधानिक भएको जनाए। ‘कानुनीरूपमा बीजेपी रोकिएको छ। अब तिनीहरूले बहुमत प्रमाणित गर्न पैसा र शक्तिको प्रयोग गर्नेछन्,‘ भनेका छन्। 

शनिबार कर्नाटक विधानसभामा हुने फ्लोर टेस्ट मा कुनै हालतमा विधायकहरुको किनबेच हुनबाट रोक्न  कांग्रेस र जेडीएसले आफ्ना विधायकहरुलार्इ हैदरावादको एक रिसोर्टमा राखेका छन्।

निर्वाचनमा कांग्रेसले ७८ र जनता दल सेक्युलर जेडीएस ले ३७ सिटका विजय हासिल गरेको छ। त्यसैले कुल १ सय १५ सिट रहेको कांग्रेस र जेडीएसको गठबन्धनले पनि राज्यपाललाई सरकार बनाउने दावी पेश गरेको थियो। तर, राज्यपालले बिजेपीका येदियुरप्पालाई मुख्य मन्त्री नियुक्त गर्ने निर्णय गरे। 

बहुमत नै नपुग्ने दललार्इ सरकार बनाउन आह्वान गरेको भन्दै कांग्रेस र जेडीएसले राज्यपाल बीजपीको इशारामा चलेको आरोप लगाउँदै राज्यपालको निर्णयविरुद्ध  बुधवार राति सर्वोच्च अदालत रिट दायर गरेको थियो। सपथको निर्णय बदर गर्न माग गर्दै कांग्रेस र जेडीएसले निवेदन दिएका थिए।

सर्वोच्चले पनि विषयको गम्भीरता हेरी बिहीवार मध्यरात २ बजेबाट सुनुवाइ सुरु गरेको थियो। बिहान ४:२५ बजे येदियुरप्पाको सपथ ग्रहण स्थगित गर्न कांग्रेस र जेडीएसले गरेको माग बदर गर्दै सुनवाइ जारी राखी शुक्रबारका लागि पेशी तोकेको थियो। त्यसैको दोस्रो सुनवाइ गर्दै सर्वोच्चले शनिबार विश्वासको मत लिने भएको हो। राज्यपालले भने बिजेपीका येदियुरप्पालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरी विधान सभामा बहुमत प्राप्त गर्न १५ दिनको समय दिएका थिए।  

येदियुरप्पा अब मुख्य मन्त्री बनिरह्नछन् या पदबाट मुक्त हुनेछन्, त्यसको निर्णय शनिबार कर्नाटक विधानसभामा हुने फ्लोर टेस्ट मा निर्भर हुनेछ। संख्या नै नपुगेको पार्टीले कसरी विधानसभामा बहुमत सिद्ध गर्नेछ?  कर्नाटकको यो राजनीतिक खेलमा जीत कसको हुनेछ, हेर्न लायक हुनेछ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell