PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रम ओलीलाई किन ज्योतिष भेट्न मन लागेको छ?



पहिलोपोस्ट

प्रम ओलीलाई किन ज्योतिष भेट्न मन लागेको छ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यवाणी गर्ने ज्योतिषीलाई भेट्ने इच्छा रहेको बताएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै भने, 'अस्ति एउटा ज्योतिषीले ज्योतिषशास्त्र हेरेर गरेको भविष्यवाणी पछि मलाई उहाँसित भेट्न मन छ।' 

आखिर प्रधानमन्त्री ओलीले ज्योतिषी भेट्न खोजे त? प्रधानमन्त्री ओलीले बैठकको सम्बोधनमा त्यसलाई खुलाएका छन्। 'ग्रहहरु नक्षत्रहरु कति करोड वर्षअघि कति अरब वर्षअघि, कति खरब वर्ष अघि बनेको हो, थाहा छैन। २० औँ शताब्दीमा बल्ल हवाईजहाज बन्यो,' ओलीले बैठकमा भने, 'ग्रह दशाहरुले नक्षत्रहरुको गतिले गरेर हवाई दुर्घटना भयो रे! त्यो ज्योतिषीलाई सोध्नुपर्‍या छ - त्योभन्दा अघि ग्रहदशाले के भएको थियो? २० औँ शताब्दी भन्दा अगाडि हेलिकप्टर दुर्घटना हुन्थ्यो कि हुँदैन थियो?' 

प्रधानमन्त्रीको ज्योतिषी भेट्ने रहर खुलासा भएपछि उनको सम्बोधन सुनिरहेकाहरु मजाले हासेका थिए। 

'दक्षिणाको लोभको पनि हद हुन्छ नि त। हद हुँदैन?,' ज्योतिषीप्रति टिप्पणी गर्दै उनले थपे, 'अस्ति भर्खरको हेलिकप्टरको ग्रह नक्षत्रसँग लगेर जोड्ने? यो त २० औँ शताब्दीको उपलब्धि हो हेलिकप्टर र जहाज।' 

उनी यतिमै रोकिएनन्। 'ग्रह नक्षत्र शनिले भन्यो रे, मंगलले भन्यो रे, बुधले भन्यो रे,' ओलीले भने, 'कति‍औँ संशोधन हो यो ग्रह नक्षत्रको?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell