PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वाइसिएलको निर्देशन: नेकपाको कार्यदिशाको अक्षरशः पालना गर्नु



वाइसिएलको निर्देशन: नेकपाको कार्यदिशाको अक्षरशः पालना गर्नु

काठमाडौं: योङ कम्युनिष्ट लिग (वाइसिएल) ले नेपाल कम्युनिष्ट पार्टीको समाजवाद उन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न मातहतका सबै समितिलाई निर्देशन दिएको छ। 

बिहीबार नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकता भई नेकपा निर्माण भएको सन्दर्भमा मातहतका सबै समितिले पार्टी एकताको भावअनुसार नै गर्न गराउनसमेत आग्रह गरेको छ। 

वाइसिएलको आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको प्रक्रियालाई स्वागत गर्दै मातहतका सबै समितिलाई एकीकृत गर्ने अभियानमा लाग्ने निर्णय गरेको हो। 

बैठकपछि वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' र महासचिव सुबोधराज शेर्पालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टी एकता प्रक्रियालाई सार्थक बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेतृत्वबाट भएको सकारात्मक पहलप्रति धन्यवाद ज्ञापन गर्दछौँ। एकताको भावलाई स्थानीय तहसम्म लैजान र जनतामा सम्प्रेषित गर्न आग्रह गर्दछौँ।” रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell