PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेकपा गठनपछि : धुम्बाराहीमा प्रचण्डलाई स्वागत, पेरिसडाँडामा दुई अध्यक्षको पदभार, फोटोमा हेर्नुस्

नेकपा गठनपछि : धुम्बाराहीमा प्रचण्डलाई स्वागत, पेरिसडाँडामा दुई अध्यक्षको पदभार, फोटोमा हेर्नुस्


काठमाडौं : बिहीवार गठन भएको नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज धुम्बाराही र पेरिसडाँडा पुगे। विघटित पार्टीको दुई कार्यालयमा आजैबाट नयाँ गठन भएको पार्टीको बोर्डसमेत स्थापना भयो।

शुरुमा विघटन गरिएको एमाले पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डलाई स्वागत गरियो।  प्रचण्डलाई पार्टी कार्यालयमा बुके दिँदै ओलीले स्वागत गरेका थिए। 

लगत्तै पेरिसडाँडा पुगे दुई अध्यक्ष।  माओवादी जनयुद्धका शहीदलाई श्रद्धाञ्जली दिएर केन्द्रीय कार्यालय प्रवेश गरेपछि दुई अध्यक्षले आजै पदभार ग्रहण गरे। जनयुद्धका शहीदलाई ओलीले पहिलोपटक श्रद्धाञ्जली दिएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell