PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

क्युबामा बोइङ जहाज दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु, तीन जनाको जीवित उद्धार

क्युबामा बोइङ जहाज दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु, तीन जनाको जीवित उद्धार


क्युबाको राजधानी हवानास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा बोइङ ७३७ विमान दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु भएको क्युबाली सरकारी मिडियालाई उद्‍धृत गर्दै बीबीसीले जनाएको छ। 

क्युबाको कम्युनिस्ट पार्टीको पत्रिका ग्रान्माका अनुसार तीन जनाको जीवित उद्धार गरिएको छ। तर उनीहरुको अवस्था चिन्ताजनक छ। 

आन्तरिक उडानमा रहेको बोइङ ७३७-२०१ जहाज शुक्रबार स्थानीय समय अनुसार १२ बजेर आठ मिनेटमा उडेको थियो। जहाजमा ११० जना यात्रु र चालक दलका सदस्य थिए। 

चालक दलका ६ जना सदस्य मेक्सिकोका र बाँकी यात्रुहरु क्युबाली रहे पनि पाँच जना विदेशी रहेको सरकारी वेबसाइट क्युबाडिबेटले जनाएको छ। विदेशी नागरिकहरुको राष्ट्रियता खुलाइएको छैन। 
 



ट्रेन्डिङ पोस्ट

Ncell