PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बार्सिलोनाले गर्‍यो इनेष्टाको बिदाई, यसो भने पुराना र नयाँ खेलाडीले

बार्सिलोनाले गर्‍यो इनेष्टाको बिदाई, यसो भने पुराना र नयाँ खेलाडीले

पहिलोपोस्ट /पहिलोपोस्ट


स्पानिस लिग च्याम्पियन बार्सिलोनाले आफ्ना कप्तान आन्द्रेज इनेष्टालाई एक कार्यक्रमकाबीच बिदाई गरेको छ। यसअघि नै सिजनको समाप्तिपछि क्लब छाड्ने घोषणा गरिसकेका इनेष्टालाई शुक्रवार क्लबले नोउ क्याम्पनमा पुराना खेलाडी, वर्तमान खेलाडी, क्लब पदाधिकारीको उपस्थितिमा बिदाई गरेको हो।

इनेष्टाले अब रियल सोसिडाड विरुद्ध यस सिजनको अन्तिम ला लिगामा बार्सिलोनाको जर्सीमा खेल्दैछन्।
 

बिदाई कार्यक्रममा सबैले इनेष्टा उत्कृष्ट खेलाडी भएको बताए। साथै उनको बिदाईमा विश्वभरका नयाँ पुराना खेलाडी प्रशिक्षकहरुले भिडियो सन्देश समेत पठाएका थिए।
 

यस्तै इनेष्टाको बार्सिलोनामा रहदाँको उत्कृष्ठ क्षम समेटेर बनाइएको भिडियो समेत देखाइएको थियो।

बार्सिलोनाको एकेडेमी ला मासियाबाट फुटबल खेल्न सुरु गरेका इनेष्टाले १७ वर्ष बार्सिलोनमा बिताउँदा ३२ ट्रफी जिते।



ट्रेन्डिङ पोस्ट

Ncell