PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

के होला कर्नाटकका मुख्यमन्त्री येदियुरप्पाको? विश्वास कि विदाई



के होला कर्नाटकका मुख्यमन्त्री येदियुरप्पाको? विश्वास कि विदाई
फोटो: Firstpost.com

कर्नाटकमा हालै मुख्यमन्त्रीमा शपथ लिएका मुख्यमन्त्री बीएस येदियुरप्पाले आज विधानसभामा विश्वासको मत लिँदै छन्। भारतीय समयअनुसार आज दिउँसो चार बजेसम्ममा उनले विश्वासको मत लिइसक्नुपर्नेछ।

भारतीय जनता पार्टीबाट विजयी भएका मुख्यमन्त्री येदियुरप्पाले विश्वासको मत लिँदै गर्दा आफ्नो पक्षमा बहुमत रहने दाबी गरेका छन्। तर उनको पार्टीको बहुमत भने छैन। 

२२४ सिट रहेको कर्नाटकमा २२२ सिटमा निर्वाचन भइसकेको छ भने २ मा हुन बाँकी छ। यो निर्वाचनमा भाजपाले १०४ सिट प्राप्त गरेको थियो। यता भारतीय कांग्रेसले ७८ र जनता दलले ३८ सिट हात पार्‍यो। निर्वाचन सम्पन्न हुनसाथ येदियुरप्पाले मुख्यमन्त्रीमा शपथ लिएपछि कांग्रेस र जनता दलले विरोध गरेको थियो।

उनीहरु सर्वोच्च अदालत पुगेपनि सर्वोच्चले राजपालको निर्णय उल्टाउन सकेनन्। अन्तत: येदियुरप्पाले छिट्टै विश्वासको मत लिनुपर्ने विकल्प तय गरियो। विश्वासको मतका लागि अहिले विधानसभामा सदस्यहरु उपस्थित हुन थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell