PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

के नेकपाले सभामुख वा उपसभामुख छाड्ला? 



के नेकपाले सभामुख वा उपसभामुख छाड्ला? 

काठमाडौँ : संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। दुई दलले नेकपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
 
निर्वाचन आयोगले औपचारिक रुपमा दल दर्ता भएको वा दर्ता गर्न अस्वीकार भएको जानकारी दिइसकेको छैन।
 
संघीय संसदले औपचारिक रुपमा नयाँ दल गठन भएको जानकारी पाएको छैन। 

दुई दल एकीकृत भई नयाँ दल बनेको अवस्थामा भने नेकपाले हालका सभामुख वा उपसभामुखमध्ये एक पद छाड्नुपर्ने संवैधानिक बाध्यता छ। 

संविधानको धारा ९१ को व्यवस्था अनुसार प्रतिनिधिसभाका सभामुख तथा उपसभामुख फरक लिङ्गको हुनुपर्नेछ। यसरी सभामुख/उपसभामुख चयन गर्दा फरक दलको हुनुपर्ने व्यवस्था ९१(२) ले गरेको छ।
 
संविधानको धारा ९१(२) मा भनिएको छ ‘उपधारा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ।’ 

यदि प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा नपर्ने व्यवस्था संविधानमा छ। तर, दोस्रो विकल्पको सम्भावना छैन। 

संवैधानिक कानुनका जानकार चन्द्रकान्त ज्ञवालीले संविधानको धारा ९१ को उपधारा दुईको स्पष्टिकरणअनुसार प्रतिनिधि सभामा एकभन्दा बढी दल भएपनि सभामुखमा उम्मेदवारी नदिइएकोले अहिलेकै अवस्था रहने बताए।

ज्ञवालीले थपे, पहिले भइगरेको कामलाई पछिको कामले असर नगर्ने सिद्धान्त अनुसार अब केही फरक पर्ने छैन।

यता संघीय संसदका कानुनी सल्लाहकार अर्जुन खड्काले पार्टी एकताको जानकारी भइनसकेकोले अहिले केही भन्न नसक्ने अवस्था रहेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell